क्याथे एयरलाइन्सले पनि रोक्यो पाकिस्तानी हवाई क्षेत्रमा उडान..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ७ मे। क्याथे प्यासिफिकले पाकिस्तानी हवाई क्षेत्रमा यात्रु उडान सञ्चालन नगर्ने भएको छ। हङकङको प्रमुख वायुसेवा कम्पनी क्याथे प्यासिफिकले बुधबार यात्रु तथा चालक दलको सुरक्षालाई ध्यानमा राख्दै उडान मार्गहरूको सुरक्षा सुनिश्चित गर्न नियमित रूपमा समीक्षा गर्ने गरेको बताएको छ।

भारत र पाकिस्तानबीच दुई दशकयताकै सबैभन्दा ठूलो तनावका बीच यो घोषणा आएको हो। भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित काश्मीरमा क्षेप्यास्त्र आक्रमण गरेपछि यो तनाव बढेको छ।

यस क्षेत्रमा भएको तनावका कारण थुप्रै एयरलाइन्सहरूले आफ्नो सेवामा परिवर्तन गरेका छन्। कोरियन एयरले सिउल इन्चियोन-दुबई उडानलाई म्यानमार, बंगलादेश र भारत हुँदै दक्षिणी मार्गबाट सञ्चालन गरिरहेको छ। सिंगापुर एयरलाइन्सले मंगलबारदेखि पाकिस्तानी हवाई क्षेत्रमा उडान रोकेको छ भने डच एयरलाइन केएलएमले अर्को सूचना नभएसम्म पाकिस्तान माथिको सबै उडान स्थगित गरेको छ।

यस द्वन्द्वका कारण क्षेत्रीय हवाई यातायात गम्भीर रूपमा प्रभावित भएको छ। बुधबार साँझसम्म दर्जनौं भारतीय विमानस्थलहरू बन्द गरिएका छन्। भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगोले शनिबार बिहानसम्म १६५ उडानहरू रद्द गरेको घोषणा गरेको छ।
(एजेन्सीहरुको सहयोग)

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

131020