चलचित्र उमंगको फस्ट लुक सार्वजनिक

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौं : यथार्थपरक नेपाली चलचित्र उमंगको फस्ट लुक सार्वजनिक भएको छ। ७५% छायांकन दुबईमा गरिएको चलचित्रको बाकी दृश्य गुल्मी बागलुङ र काठमाडौमा गरिएको छ ।

थुप्रै चलचित्रमा कोरियोग्राफर र मुख्य सहायक निर्देशक भएर काम गरेका शिव शर्माले यो चलचित्रको निर्देशन गरेका हुन, चलचित्रले मनमा उमंग बोकेर परदेशिन बाध्य भएका परदेशीको कथा समेटेको छ ।

छायांकन सुरु भएदेखि नै चर्चामा रहेको चलचित्र उमंगले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।

चलचित्र नेपालमा प्रदर्शन गर्नु पूर्ब दुबई ,कतार ,अस्ट्रेलिया, हङकङ , बेल्जियम, जापान र अमेरिकामा बिशेष शो गर्न लागिएको कुरा निर्देशक शिब शर्माले बताए ।

चलचित्रमा बिनिता बराल, कुमार बि . सी, सि .पि .पौडेल ,राम बाबू रेग्मी, शिला श्रेष्ठ,रुपेश सुवेदी , राम थापा, उमेश कुमार के .सी , लगायतको अभिनय रहेको छ ।

बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुन पोख्रेल र बि. बि . अनुरागी , द्वन्द कुमार महर्जन , सम्पादन अर्जुन जि. शि.तथा VFX अक्कि शर्मा को रहेको छ ।

रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार कुमार बि .सी हुन, आफू बिदेशमा बसेर बिदेशको दुख कष्ट भोगेको र सोही बिषय बस्तुलाई चलचित्रको कथा बनाएका कुमार बि.सी. नै चलचित्रका निर्माता हुन्।

चलचित्र तिहारको मौका पारेर कार्तिक १२ गते अधिराज्यभर प्रदर्शन हुँदै छ ।





Comments

comments

Leave a Reply

13164