Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
धुर्मुस सुन्तली फाउण्डेशनलाई बेलायतबाट २० लाख सहयोग – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धुर्मुस सुन्तली फाउण्डेशनलाई बेलायतबाट २० लाख सहयोग

पूर्ण गुरुङ / एचकेनेपाल डट कम –
लण्डन । हेल्प नेपाल फाउण्डेशन यूकेले धुर्मुस सुन्तली फाउण्डेशनलाई २० लाख रुपैया सहयोग गर्ने भएको छ ।

लण्डन नर्थहल्टमा अवस्थित ब्लुआर्चिच रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलन फाउण्डेशनले जानकारी दिएको हो । गतबर्ष नेपालमा भूकम्प गएपछि सो भूकम्पपीडितहरुको सहयोग गर्ने उद्देश्यले दिनेश शर्माको अध्यक्षतामा सो फाउण्डेशन गठन गरिएको थियो ।

फाउण्डेशनका पदाधिकारीहरुले आ–आफैले सहयोग गरेर शुरु गरेको अभियानबाट २० हजार ३० पाउण्ड राहत संकलन भएको जानकारी गराए ।

संकलित रकमबाट पीडितहरुका लागि तत्काल त्रिपाललगायत आवश्यक सामाग्री उपलब्ध गराएको फाउण्डेशनका कोषाध्यक्ष नारायण सापकोटाले जानकारी दिदै २० लाख रुपैया धुर्मुस सुन्तली फाउण्डेशन नेपाललाई प्रदान गर्न लागिएको बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले पत्रकारहरुको जिज्ञासालाई मेटाउदै ‘उपयुक्त परियोजनाको खोजीमा थियौं, धुर्मुस र सुन्तलीले सिन्धुपाल्चोकको गरा गाउंमा निमार्ण गरिरहेको एकीकृत बस्तीका लागि सो रकम सहयोग गर्ने निणर्य गर्यौं’, भने । उनले केही ढिला भएता पनि आफूहरुले सो रकम सही ठाउंमा हस्तान्तरण गर्ने निणर्य गरिएको बताए ।

बेलायतमा रहेका नेपाली पत्रकारहरुको उपस्थिति रहेको सो पत्रकार सम्मेलनमा फाउण्डेशनकी सचिव रुषी श्रेष्ठले हेल्प नेपाल फाउण्डेशनको बारेमा जानकारी दिएकी थिइन् भने कोषाध्यक्ष नारायण सापकोटाले राहत रकमको संकलनको बारेमा विस्तृत जानकारी गराएका थिए । त्यसैगरी अध्यक्ष शर्मा, सचिव सुनिता श्रेष्ठ र सल्लाहकार आमुल गुरुङले फाउण्डेशन र राहत संकलन अभियान बारे आ–आफ्नो भनाई राखेका थिए ।

तस्वीरः मिलन तमु / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

13166