१२ शवसंगै २४ जना नेपाली फर्के… (काबुलबाट रोशन मेवाहाङको रिपोर्ट)

रोशन मेवाहाङ / एचकेनेपाल डट कम-
काबुल, ८ असार । नेपाल वायुसेवा निगमको चार्टर विमान १२ नेपालीको शव लिएर काबुल हमिद कार्जय विमानस्थलबाट काठमाडौं प्रस्थान गरेको छ । नेपाली ध्वजावाहक बायुसेवा निगमको जहाज अफगानिस्तानको स्थानीय समय अनुशार १०ः ५५ बजे नेपालतर्फ प्रस्थान गरिसकेको हो।

क्यानडेली दूतावासमा सुरक्षाका लागि बसमा जाँदै गर्दा सोमबार बिहान ५ः४३ बजे तालिवानी आतंकवादीले बस रोकिएको ठाँउमा आत्मघाती बम विस्फोट गरेका थिए । उक्त विस्फोटनमा परी १२ नेपाली र नेपाली मूलका २ भारतीय नागरिकसहित जम्मा १४ जनाको ज्यान गएको थियो भने ७ नेपाली सहित ९ जना घाईते भएका थिए ।

गत सोमबार आफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटनमा परी ज्यान गुमाएका १२ नेपालीको शव बुझ्न आफन्तहरु,प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा पराराष्ट्र मंन्त्री कमल थापा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल गएका छन्।

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले काबुलमा आतंकबादीको आत्मघाती बम आक्रमणमा परी निर्दोष नेपाली नागरिकले ज्यान गुमाउनु परेको तथा घाइते भएको घटनाले आफू अत्यन्त मर्माहत र दुखित भएको र दुखद घडिमा दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा डुबेका परिवारप्रति अफगान सरकार र व्यक्तिगततर्फबाट समवेदना व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उक्त विमानमा अफगानिस्तानबाट घर फर्कन चाहने नेपालीलाई समेत ल्याउने सरकारको निर्णयले २४ जना नेपाली पनि सोही विमानबाट स्वदेश फर्किएका छन् । विस्फोटमा परेका घाइतेहरु प्रेमबहादुर क्षेत्री, चेतप्रसाद शेरचन, कुमारबहादुर गुरुङ, कृष्णकुमार देउजा र अमृत रोकाय क्षेत्रीलाई उपचारकालागि बुधबार बिहान दिल्ली लगिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारले उक्त शवहरुलाई ल्याउन तीन फरक–फरक फ्लाइट कनेक्ट गर्नुपर्ने भएपछि चार्टर विमान पठाएको हो । परराष्ट्र मन्त्रालयले मंगलबार गरेको संक्षिप्त प्रेस ब्रिफिङमा प्रवक्ता भरतराज पौड्यालले घाइतेको उचित उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र शवलाई नेपाल ल्याउन पहल गरेका थिए । ‘जतिसक्दो छिटो शवहरूलाई नेपाल ल्याएर आफन्तजनको जिम्मा लगाउने कोसिसमा छौं,’ पौड्यालले बताएका थिए । पौड्यालले सरकारले नागरिकको सुरक्षा र सुविधाका लागि कुनै कसर बाँकी नराख्ने भन्दै यस्तो निर्णय गरेका थिए ।

सरकारले घर फर्कन चाहाने अन्य नेपालीलाई समेत सोही चार्टर बिमानबाट काठमाडौं ल्याउने बताए पनि काबुलमा रहेका नेपालीहरुले आ–आफ्ना जिज्ञासा राखेका छन् । यदि नेपाल सरकारले नेटो सैनिक बेसभित्र विभिन्न कार्यमा कार्यरत नेपालीहरुले नेटो सैनिक सुरक्षाले दिएको सम्पूर्ण आफना कागजातहरु पेश गरेको खण्डमा श्रम स्वीकृती पाउने व्यवस्था हुने हो भने सबै नेपालीले अबैधानिक बाटो प्रयोग नगरी बैधानिकरुपमा अफगानिस्तानमा काम गर्ने पाउने एकोलक कम्पनिमा कार्यरत चन्द्र श्रेष्ठ लगायत नेपाली कामदारहरुले दुखेसो पोखेका छन् । जस्ले नेपाल सरकारसंग अफगानिस्तानमा कति कामदार छन् भन्ने औसत संख्या आंकलन गर्नपनि सजिलो हुने बताउँछन ।

हाल अहिले बेलायती सेनामा आबद्ध गोर्खा सैनिकहरु नेटो सुरक्षाकालागि ८ महिना काबुलमा खटिएका छन् । दोश्रो गोर्खा बटालियनका एक गोर्खाले भने, तालिवान आत्मघाती प्राय विस्फोटन गर्न अगाडि कालो चस्मा लगाउने, माटो देखिनु, गर्मिमा ज्याकेट लगाएर हिड्नु, प्राथना गर्दै हिडेको देखिए आत्मघाती हुन सक्ने उनले जानकारी गराए ।

काबुलबाट एचकेनेपाल डट कमका लागि रोशन मेवाहाङ





Comments

comments

Leave a Reply

13176