कलाकार अभिनासकी श्रीमती मृत भेटिइन्..

जनकपुर । जनकपुरका चर्चित कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अंशा सदा सोमबार राति आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। विवाह भएको मात्र ६ महिनामा यो अप्रत्याशित घटना घटेको हो।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले दिएको जानकारी अनुसार, जनकपुरधाम उपमहानगरपालिका-२० स्थित नोचापुरमा रहेको सुटिङ सेट नजिकैको कोठामा अंशाको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको बताइएको छ।

अभिनास र अंशाको प्रेम कहानी सामाजिक सञ्जालमा निकै चर्चित थियो। अन्तरजातीय विवाह गरेका यी दम्पतीले गत माघ महिनामा विवाह गरेका थिए र त्यसपछि धार्मिक विधिपूर्वक गृह प्रवेश गराएका थिए।





Comments

comments

131774