सेप्टिक ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रौतहट, रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको शौचालयको सेप्टिक ट्यांकीमा डुबेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर–१० बिनुवाटोलका २ वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो।

मंगलबार साँझ दुवै बालबालिका स्थानीय हृदय पासवानको घरमा खेल्ने क्रममा शौचालयको सेप्टिक ट्यांकीमा डुबेका थिए। दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रासस





Comments

comments

131783