हङकङमा शक्तिशाली सामुद्रिक आँधीः टि८ संकेत जारी..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० जुलाई। आज आइतबार मध्यरात १२:२० बजे मौसम विभागले टि८ उत्तरपूर्वी आँधी संकेत जारी गरेको छ। गम्भीर उष्णप्रदेशीय आँधी विफाले टाईफूनको रूप लिँदै हङकङ नजिक आइपुगेको छ।

मध्यरात्रिमा विफा हङकङबाट २८० किलोमिटर पूर्व-दक्षिणपूर्वमा रहेको थियो। यो प्रति घण्टा २५ किलोमिटरको गतिमा ग्वाङडोङको तटतर्फ पश्चिम वा पश्चिम-उत्तरपश्चिम दिशामा जाँदैछ।

मौसम विभागका अनुसार, आइतबार हङकङमा आँधी, भारी वर्षा र चट्याङ्गको सम्भावना छ। आवश्यकता अनुसार आइतबार बिहान उच्च ट्रपिकल साइक्लोन चेतावनी संकेत जारी गरिने छ।

सार्वजनिक यातायात सेवाहरू प्रभावित हुनेछन्: केएमबी र सिटीबस रातको सेवा बिहान २ बजेदेखि स्थगित गर्नेछन्, एमटीआरले एयरपोर्ट एक्सप्रेसका लागि थप सेवाहरू प्रदान गर्नेछ, र हङकङ-झुहाई-मकाउ पुल बिहान ३:३० बजे बन्द हुनेछ।

शिक्षा ब्युरोका अनुसार, आइतबार सबै विद्यालय र बाल हेरचाह केन्द्रहरू बन्द रहनेछन्। वान चाईमा जारी पुस्तक मेला पनि स्थगित गरिएको छ।





Comments

comments

132104