न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १६ अगस्ट । हिजो (१५ अगस्त) दिउँसो १:२२ बजे शम शुई पोको दा नाम सडक २२६ नजिकै एक १६ वर्षीया किशोरीको परिवारले प्रहरीमा उजुरी दर्ता गरायो, जसमा किशोरीमाथि उक्त स्थानमा यौन दुर्व्यवहार भएको बताइएको थियो।
प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धानपछि यो मामलालाई “यौन दुर्व्यवहार” को रूपमा दर्ता गरेको छ।
थप अनुसन्धानपछि प्रहरीले आज (१६ अगस्त) दिउँसो हङ होम क्षेत्रमा “यौन दुर्व्यवहार” को आरोपमा एक ३६ वर्षीय भारतीय मूलका पुरुषलाई पक्राउ गरेको छ। उनलाई अहिलेअनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।