पर्यटक बोकेको कोच हङकङमा दुर्घटना हुंदा १४ जना घाइते

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३० सेप्टेम्बर – हङकङको हेङ युन वाई चेकपोइन्ट नजिकै मङ्गलबार एक कोच फुटब्रिजमा ठोक्किँदा १४ जना घाइते भएका छन्।

दिउँसो १२:१२ बजे प्रहरीलाई उक्त घटनाको सूचना प्राप्त भएको थियो। कोच ता क्वु लिङको लिन मा हाङ रोडसँग जोडिएको सहायक सडकमा चढ्दा फुटब्रिजको तल ठोक्किएको थियो।

यो सडक खण्डमा केवल कारहरूलाई मात्र अनुमति छ र यसको उचाइ सीमा २.४ मिटर (७.९ फिट) छ, तर कोचको उचाइ ३ मिटरभन्दा बढी रहेको बताइएको छ। दुर्घटनापछि कोचको अगाडिको छतको भाग क्षतिग्रस्त भएको छ।

घाइते १४ जना, जसको उमेर ३८ देखि ८५ वर्षसम्म छ, सबै चीनका नागरिक हुन्। उनीहरूलाई सामान्य चोट लागेको छ र तीनवटा अस्पतालमा उपचारका लागि पठाइएको छ।





Comments

comments

133443