Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लोडसेडिङको मारमा नायिका जान्वी (भिडियोसहित)

मनोज थापा / एचकेनेपाल डट कम –
काठमाडौं, नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक हुने क्रम सुरु भएको छ।

विगतका वर्षहरुमा झैं यो वर्ष पनि नेपाली चलचित्रका नायिकाहरु तिज गीतमा अभिनय गर्न थालेका छन् । यसै क्रममा लोकप्रिय नायिका जान्वी बोहराले अभिनय गरेको पङ्खा चलाई देउ तिज गीतको भिडियो सार्वजनिक भएको छ ।

नायिका जान्वी म्युजिक भिडियोमा सबै भन्दा व्यस्त छिन्। उनले अभिनय गरेका गीतहरु प्राय सबै लोकप्रिय छन्।

नाटकमा अभिनय गरेर सिने पर्दामा उदाएकी उनको अभिनयलाई दर्शकले मन पराएका छन् । दर्शकमा छिट्टै पुगिने भएको कारण पनि नायिकाहरुको म्युजिक भिडियोमा अभिनय गरिरहेका छन्।

समसामायिक विषयमा आधारित रहेरको यस गीतमा बाबुराम बोहराको शब्द खुमन अधिकारीको लय सृजना रहेको छ । पङ्खा चलाई देउ गीतमा रमिला न्यौपाने र खुमन अधिकारीको स्वर सुन्न सकिन्छ।

गर्मीको समयमा नेपालमा हुने लोडसेडिङको समस्यालाई तिज गीतमार्फत उजागर गरिएको छ। तिज गीतमा दिदीबहिनी जम्मा भएर आफ्नो दुःख सुख गीतमार्फत पोख्ने गरिन्छ । अहिलेका व्यस्त निर्देशक शंकर विसीको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा महादेव त्रिपाठीको अभिनय रहेको छ। गीतलाई तिर्सना म्युजिकले बजारमा ल्याएको हो।





Comments

comments

Leave a Reply

13419