Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ओली–प्रचण्डको गठबन्धन नटिक्नुका कारण

आगामी सरकारले स्थायित्व प्राप्त गरोस् भन्ने मनसायसहित जारी संविधानमै त्यससम्बन्धी व्यवस्था गरिए पनि नयाँ संविधानपछिको पहिलो सरकार नै छोटो अवधिमै ढल्ने अवस्था आयो।

सुधारिएको संसदीय व्यवस्था भनिने अहिलेका शासन प्रणालीमा सरकारले स्थायित्व प्राप्त गरोस् भनेरै प्रधानमन्त्रीविरुद्ध ६ महिनासम्म अविश्वास प्रस्ताव लैजान नपाइने संवैधानिक व्यवस्था छ।

सहकार्य र गठबन्धनको संस्कारै कमजोर रहेको देशमा नयाँ सुंविधानपछि पनि किन अस्थिरताले निरन्तरता पायो त? ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अस्थिर चरित्रले,’ राजनीतिक विशेषक भन्छन्,‘गठबन्धनका प्रमुख दुई नेताकै चरित्र टकराबले दुई दलबीच सत्ता सहकार्यनिम्ति भएको गठबन्धन ९ महिनामै टुटेको हो।’

सरकारको नेतृत्व गर्दै आएको नेकपा एमालेले सहमति र समझदारी कार्यान्वयन नगरेको भन्दै एमाओवादीले मंगबार आफ्नो समर्थन फिर्ता लिँदै केपी अोली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय लिएको हो।

गठबन्धन बनाउँदा लिइएको दुबै दलबीच दीर्घकालमा पार्टी एकतासम्म हुने रणनीतिक साझेदारी पनि अल्पकालमै भंग हुन पुगेको छ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको बढी चासो रहेको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रधानमन्त्री ओलीले गम्भीर नहुँदा दुई नेताबीच अविश्वास बढेको थियो। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

13457