Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नक्कली गर्ल फ्रेण्डका कारण मन्त्री राई तनावमा – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नक्कली गर्ल फ्रेण्डका कारण मन्त्री राई तनावमा

प्रधानमन्त्री कार्यालयभित्रै मोनिका लेविन्स्कीको खोजी र ओली सरकारका एकजना मन्त्रीलाई बिल क्लिन्टन बनाउने एउटा ठूलो घटनाबाट सबभन्दा हट्टाकट्टा मन्त्री जोगिएका छन् ।

गुटले काँक्रोझैं चिरिएको एमालेभित्रै एउटै गुटभित्र पनि एकले अर्कालाई सिध्याउन कतिसम्मको हत्कण्डा रच्छन् भन्ने कुरा यो घटनाको दोषी पत्ता लाग्दासम्म छर्लङ भएको छ।

प्रधानमन्त्री कार्यालयमा स्वकीय अधिकृतको नियुक्ति पाएकी एकजना क्षत्रीकी छोरीलाई प्रयोग गरेर अविवाहित संचारमन्त्री शेरधन राईलाई ‘सिध्याउने’ योजनमा प्रधानमन्त्रीले नै हस्तक्षेप गरेपछि दोषी पत्ता लागेको छ, खेलो पनि बिग्रिएको छ ।

प्रतिमा (नाम परिवर्तन) युवा संघसँग सम्बन्धित थिइन् । इमान्दार र अनावश्यक तडकभडकमा कतै नदेखिएकी ती युवतीको माग थियो, शेरधनले आफूलाई विवाह गर्नुपर्ने ।

आफूलाई फरक हाउभाउका साथ मन्त्रीले अफर गरेको, तर सोझै विवाह प्रस्ताव राख्न नसकेको प्रतिमाको भनाई छ ।

बीचमा दुश्मन लागेर आफूहरुको प्रेम छुटाएको, तर उनको नाम जोडिएर आफू हुनुसम्म बद्नाम भइसकेको कारण अब शेरधनसँगै विवाह गर्नुबाहेक अर्को उपाय नभएको युवतीको ठहर छ ।

उनले शेरधनलाई यही आशयको एसएमएस पनि लेखिन् । तर, शेरधन त्यतिबेला छाँगाबाट खसेझैं भए, जब चिन्दै नचिनेको मान्छेले आफूसँग यस्ता कुरा गर्दै लगातार म्यासेज लेख्छ ।

शेरधन आफैं युवा संघका इन्जार्च पनि हुन् । सोधखोज गर्दै जाँदा पत्ता लाग्यो, उनी फलानी हुन् भन्ने कुरा । जनआस्था साप्ताहिकले खबर छापेको छ।





Comments

comments

Leave a Reply

13460