सहारा एकेडेमीमा फ्लडलाइट जडान

पोखरा, सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव रामचन्द्र गुरुङ र पूर्व कोषाध्यक्ष एवं उहाँकी धर्मपत्नी उमादेवी गुरुङको सहयोगमा सूर्यबहादुर केसी स्मृति आवासीय फुटबल एकेडेमीमा फ्लडलाइट जडान गरिएको छ।

एकेडेमीमा रहेका बालकहरूको फुटबल खेल विकास तथा रात्रिकालीन अभ्यासलाई सहज बनाउन उक्त सहयोग गरिएको गुरुङ दम्पत्तिले जनाएको छ। छ वटा पोलमा ३ हजार वाट क्षमताको फ्लडलाइटको औपचारिक शुभारम्भ बुधबार साँझ गुरुङ दम्पत्तिले स्विच अन गर्दै गर्नु भएको हो।

पूर्व अध्यक्ष विक्रम थकालीको प्रस्ताव र पूर्व उपाध्यक्ष विश्वराज बरालको समन्वयमा फ्लडलाइट जडान कार्य सम्पन्न भएको क्लवका महासचिव गंगाराज पौडेलले बताउनु भयो। कार्यक्रममा बोल्दै रामचन्द्र गुरुङले एकेडेमीमा रहेका बालकहरूका साथै विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरूले पनि साँझपख मैदान प्रयोग गरी शारीरिक रूपमा तन्दुरुस्त रहन तथा मैत्रीपूर्ण फुटबल खेल विकास गर्न सक्ने बताउनुभयो। विदेशमा जस्तै साँझ र बेलुकी अभ्यास गर्ने संस्कार विकास गर्न सहयोग पु¥याउने उद्देश्यले फ्लडलाइट जडानमा साथ दिएको उहाँको भनाइ थियो।

क्लबका अध्यक्ष केशवबहादुर थापाले गुरुङ दम्पत्ति परिवारबाट लामो समयदेखि सहारा क्लब र आहा रारा पोखरा गोल्डकपका लागि निरन्तर सहयोग प्राप्त हुँदै आएको बताउनु भयो । उहाँले भन्नुभयो“ सहारा क्लवको बिषमया राम्रोसंग बुझेका हुनाले उहाँहरु पोखरा आउदा केही न केही कोशेली लियर क्लवसमक्ष आउनुले आफुहरुलाई सधै प्रोत्साहन गर्ने गरेको अध्यक्ष थापाले जनाउनु भयो । सचिव ज्ञानेन्द्र गुरुङले रात्रिकालीन खेल अभ्यासले खेलाडीहरूलाई ‘फ्लडलाइट अनुभव’ दिलाउनुका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा सहारा क्लबका मानार्थ सदस्य तथा सहारा यूकेका प्रमुख सल्लाहकार महेश गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङ, पूर्व अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङ, कोषाध्यक्ष लीलबहादुर थापा, पूर्व उपाध्यक्ष विश्वराज बराल, पूर्व महासचिव रामजीप्रसाद अधिकारी, पूर्व कोषाध्यक्ष नवराज अधिकारी, आजीवन सदस्य सुदर्शन रन्जित, समाजसेवी चन्द्रावती गुरुङ लगायतको उपस्थिति रहेको थियो।

पोखरा–१७ दोभिल्लामा २०६९ माघ २६ गतेदेखि सञ्चालनमा आएको सहारा फुटबल एकेडेमीमा हाल ९० बाइ ६० मिटरको फुटबल मैदान रहेको छ । नयाँ फ्लडलाइट जडानसँगै अब एकेडेमीमा नियमित रात्रिकालीन अभ्यास सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ । सहारा एकेडेमीमा हाल ३० जना बालकहरु रहनु भएको छ।





Comments

comments

135795