अपडेटः हराएको बालक सकुशल फेला पर्यो…

अपडेटः सबैलाई धन्यवाद, हराएको बालक सकुशल फेला परेको प्रहरीले जनाएको छ…।

एचकेनेपाल डट कम संवाददाता –

हङकङ, २३ जुलाई। हङकङको याउ मा तेईमा बस्ने ११ वर्षीय नेपाली बालक बेपत्ता भएका छन्।

सुन्तला रङको लामो टिसर्ट र निलो पेन्ट लगाएका ब्लास्कर दमाई शुक्रबार साँझदेखि बेपत्ता भएका हुन्।

उनी अन्तिम पटक साँझ ६ बजेर ३६ मिनेट जाँदा लिफ्टको सीसीटिभि क्यामरामा देखिएका थिए। हातमा बास्केट बल भएका दमाईका साथमा हङकङ आईडी कार्ड, नगद, बहुमूल्य वस्तुहरू तथा मोबाइल फोन नभएको जनाइएको छ।

छोटो कालो कपाल भएका अन्दाजी १.२ मी अग्ला दमाईलाई कसैले देख्नु भएमा याउ मा तेई प्रहरी थानामा (मि. लाउ 6689 6960 लाई) खबर गरिदिन प्रहरीले आग्रह गरेको छ। त्यसैगरी, हराएका बालकको अभिभावकलाई 56673953 मा सम्पर्क गर्न सकिने छ भने 35472415 वा 66449594 मा सम्पर्क गरि हङकङ नेपाली महासंघलाई जानकारी गराउन सक्नुहुने छ।

कृपया यो समाचार जति सक्दो धेरैलाई शेयर गरेर हराएको बालकको खोजीमा सहयोग गर्नुहोस्…

Location (last seen) :
Flat G, 5/F, No.442 Nathan Road, YMT, YT, Kln.

Missing boy:
Nepali Boy, DAMAI Blaskar, aged 11, HKID holder, res at A/L, occ: student, NCR, characteristics: 1.2m tall, 30 kg, thin built, point face, black/short/straight hair, wearing orange long-sleeves shirt and blue pants, no cash, valuables, mobile phone or HKID in his possession.





Comments

comments

Leave a Reply

13580