Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लिटिल च्याम्पको उपाधि रेजिना पुनलाई

पोखरा एफएम / एचकेनेपाल डट कम –
पोखरा, ८ साउन। प्रथा मल्टिप्रपोजको आयोजनामा पोखरा सभागृहमा सम्पन्न लिटिल च्याम्प पोखराको उपाधि माउण्ट अन्नपुर्ण स्कुलका रेजिना पुनले जितेकी छिन्।

उनले सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसंगै सानिमा बिकास बैंकको तर्फबाट रु २० हजार नगद, ट्रफि तथा गिफ्टहयाम्पर प्राप्त गरिन्।

कार्यक्रमका प्रमुख निर्णायक गायक बिनोद बानियाले बढ्दो प्रदुषण कम गर्न बातावरणलाई कसरी जोगाउन सकिन्छ भन्ने प्रश्नमा पुनले सहि र सटिक उत्तर दिएकी थिइन् । उनले प्रतियोगितामा मोस्ट क्रियटिभको सबटाइटल पनि हात पारिन । प्रतियोगितामा सेन्टमेरिज स्कुलका बिधाता रञ्जितले बेस्ट पर्सनालिटीको सवटाइटल संगै फस्ट रनर अप, कुमुदिनी होम्सका क्रिस श्रेष्ठले मोस्ट फोटोजेनिकको सवटाइटलसंगै सेकेण्ड रनरअप तथा ग्लोबल कलेजियटका ग्रिस्मा गुरुङ्गले बेस्ट ड्रेसको सवटाइटलसंगै भ्युवर्स च्वाईस अवार्ड प्राप्त गरे । टाइटल संगै उनीहरुले नगद, ट्रफि तथा गिफ्ट ह्याम्पर प्राप्त गरे ।

१२ बर्ष उमेर सम्मका बालबालिकाहरुमा रहेको प्रतिभा पहिचान तथा उनीहरुलाई बोल्ने बानी र सकारात्मक आचरणको संस्कार बिकासका लागि आयोजना गरिएको कार्यक्रममा मोस्ट ट्यालेण्ट किड प्रकृति पोखरेल, मोस्ट इन्टरटेनिङ्ग इम्तियाज आलम, मोस्ट क्युटको सबटाइटल सरिस रानाले जिते । यसैगरि मोस्ट ब्युटिफुल हेयर, मोस्ट डिसिप्लिन सारिका सुबेदी, बेस्ट वक प्रकृति खत्री, मोस्ट फोटोजेनिक युनिशा तामाङ्ग, मोस्ट ब्युटिफुल स्किन खुस्बु गर्वजा पुनले हात पारे । यस्तै प्रकृति पोखरेलले मोस्ट ब्युटिफुल आईज, अंकित जिसी मोस्ट फ्रेण्ड्ली, दिपेन्द्र आचार्य मोस्ट एक्टिभ, निखिल गुरुङ्ग मोस्ट एक्टिभ किड, प्रकृति पोखरेल बेस्ट पर्फमेन्स, रिदम जिसीले मोस्ट सार्प माइण्डको सवटाईटल प्राप्त गरे ।

यसैगरि प्रविन पुनले मोस्ट स्टाईलिस, अभिषेक आचार्य मोस्ट कन्फिडेण्ट, प्रसुन अधिकारी मोस्ट इन्टलिजेण्ट र बविता थापाले मोस्ट हेल्पफुलको सवटाईटल प्राप्त गरे । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी तमुधिं नेपालका अध्यक्ष कर्म तमु, प्रथा मल्टिपर्पोजका संरक्षक नारायण गुरुङ्ग, शिवराज देवकोटा, प्रवन्ध निर्देशक शारदा गुरुङ्ग, लिटिल च्याम्प पोखरा २०१४ का फस्ट रनरअप संयम मल्ल लगायतले पुरस्कार बितरण गरेका थिए ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तमुधिं नेपालका अध्यक्ष कर्म तमुले बालबालिकालाई बिद्यालय ज्ञान बाहेक पनि थुप्रै राम्रा कुरा सिकाउन पर्ने र यस्ता कार्यक्रमले उनीहरुमा आत्मबिश्वासको भावना जागी अतिरिक्त क्रियाकलापमा पनि अब्बल हुने बताए ।

कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक शिवम सिमेन्टका रिजनल मेनेजर बिनोद मल्ल, विजेन्द्र शाह, निर्माण ब्यवसायी समितीका अध्यक्ष अर्जुन थापा, कास्की आवाज राष्ट्रिय दैनिकका अध्यक्ष सरस्वती गुरुङ्ग, बात्सायान बृद्धाश्रमका अध्यक्ष बोधबहादुर कार्की लगायतले बोलेका थिए ।

प्रतियोगितमा गण्डकी टिभीका स्टेशन म्यानेजर अपिल त्रिपाठी, माछापुच्छ्रे एफ एमका स्टेशन म्यानेजर कञ्चन थापा, मिस नेवा पोखरा ११३६ एलिसा जोशी, गायक बिनोद बानिया निर्णायक रहेका थिए ।

प्रथाका प्रबन्ध निर्देशक शारदा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका संरक्षक नारायण गुरुङ्गले गरेका थिए भने सञ्चालन सञ्चारकर्मीद्धय सन्जय मल्ल र जेसिका तामाङ्गले गरेका थिए । कार्यक्रममा फोटोग्राफी बरिष्ठ फोटो पत्रकार राम गुरुङ र सविन गुरुङले गरेका थिए । कार्यक्रमको कोरियोग्राफी रानु श्रेष्ठ र पार्वती अधिकारीले गरेका हुन्।





Comments

comments

Leave a Reply

13591