यसकारण मानिन्छ रजनीकान्तलाई भगवान्

अभिनेता रजनीकान्त अभिनीत फिल्म ‘कबाली’ केही दिनअघि रिलिज मात्र भएन, यसले थुप्रै रेकर्ड पनि बनायो । तर, यो फिल्म रिलिज हुनुभन्दा पहिले नै रजनीकान्तले फिल्मी दुनियाँमा अनेकौँ रेकर्ड बनाइसकेका छन् । कतिसम्म भने उनलाई भारतको दक्षिणी क्षेत्रमा भगवान् नै मानिन्छ ।

४१ वर्षे लामो अभिनय यात्रामा रजनीकान्तले थुप्रै चर्चित फिल्म दिएका छन् । उनले गरेको अभिनयको प्रशंसा नगर्ने दक्षिणी भारतमा सायदै कोही होलान् । उनको अभिनयका जबर्जस्त प्रशंसक सयौँ छन् ।

कतिसम्म भने दक्षिण भारतका मानिस रजनीकान्तलाई भगवान्समेत मान्छन् । उनले भगवान्को नामसँग मिल्ने ‘शिवाजी’, ‘लिंगा’, ‘बादशाह’लगायत फिल्म पनि खेलेका छन् ।

त्यसैले पनि होला, त्यहाँ उनका अनेकौँ मन्दिर पनि बनाइएका छन् । यस्तो हुनुमा उनले फिल्म खेल्नु मात्र भने कारण होइन । उनको सामाजिक कामबारे पनि बारम्बार चर्चा भइरहेको हुन्छ । उनले दक्षिणमै विभिन्न सामाजिक संस्था पनि खोलेका छन् । उनी कतिसम्म सहयोगी छन् भने आफूले अभिनय गरेको फिल्म घाटामा जाँदा निर्मातालाई पैसा दिन पनि पछि पर्दैनन् । नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

13660