प्रेसलाई नियन्त्रण गर्ने सरकारको कुनै मनसाय छैनः सञ्चारमन्त्री डा तिमल्सिना

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट गरेका छन्।

प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा तिमल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रतताप्रति प्रतिबद्ध रहेको बताए।

“प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो । आज भोलि र पर्सी कसैले यो अधिकार कुष्ठित गर्न सक्दैन तर प्रेस स्वतन्त्रता स्वछन्दता भने हुँदैन । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ”, मन्त्री तिमल्सिनाले भने, “प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन । त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगतलाई आग्रह गर्दछु।”

उनले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री तिमल्सिनाले सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा आफ्नो मन्त्रालयसँग सम्बन्धित सुझाव र प्रश्नलाई मनन् गर्ने विश्वास दिलाए। रासस





Comments

comments

138719