न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २१ मे। गएरातिदेखि परेको मुसलधारे वर्षाका कारण हङकङको जनजीवन प्रभावित भएको छ।
स्थिति गम्भीर बनेपछि हङकङ अब्जर्भेटरीले राति २:४० बजे ‘रेड रेनस्टोर्म’ (भारी वर्षाको रातो चेतावनी) जारी गरेको थियो, जसलाई पछि बिहान ५:१५ बजे ‘एम्बर’ (मध्यम वर्षाको पहेँलो चेतावनी) मा परिमार्जन गरिएको छ।
अब्जर्भेटरीले विशेषगरी नयाँ क्षेत्र (न्यू टेरिटोरिज) को उत्तरी भागहरू, जस्तै शेउङ शुई, ता क्वा लिङ र शा ताउ कोक आसपासका क्षेत्रमा अत्यधिक वर्षा भइरहेको भन्दै सतर्क रहन चेतावनी दिएको छ।


