गोदावरीको बाढीले बगाउँदा दुई महिलाको मृत्यु

सन्दर्भ तस्बिर

अत्तरिया (कैलाली), गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो।

शुक्रबार बिहान च्याउ खोज्न जङ्गल गएका उनीहरु नदीमा बगेका हुन्। उनीहरुको शव वनदेवी मन्दिर पछाडि फेला परेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





Comments

comments

139156