कोलोराडोमा नेपाली जनसम्पर्क समितिद्वारा आयोजित समर पिकनिक

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। कोलोराडोमा रहेका नेपाली भाषीहरूबीच भेटघाट, एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टरद्वारा आयोजना गरिएको समर पिकनिक शनिबार सम्पन्न भयो।

कोलोराडोको ब्रुमफिल्ड स्थित कम्युनिटी पार्कमा सम्पन्न पिकनिक कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, बुद्धिजीवी, गन्यमान्य व्यक्तित्व, कलाकार, व्यवसायी तथा नेपाली भाषी बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य कुमारजंग कार्की, पूर्व उपाध्यक्ष धर्मराज श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य गोविन्द लम्साल, नेपाली घरका अध्यक्ष गंगा चौलागाईं, रकी माउन्टेन फ्रेन्स अफ नेपालका अध्यक्ष हरि गुरुङ लगायत कोलोराडोमा सक्रिय विभिन्न संघसंस्थाका पदाधिकारी तथा पूर्व पदाधिकारी, आयोजक संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुमा आयोजक संस्थाका अध्यक्ष गणेश भण्डारीले पिकनिक कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने तथा कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिएका थिए।

दिउँसो ३ बजेदेखि ७ बजेसम्म सञ्चालित पिकनिकमा आयोजक समितिले घरघरमा नेपाली स्वादको स्वादिष्ट खाना बनाएर ल्याई पिकनिकमा सहभागी सबैलाई निःशुल्क वितरण गरेका थिए। समारोहमा उपस्थित दिदीबहिनी तथा दाजुभाइहरूले नेपाली लोकगीतमा नाचगान गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

संस्थाले सन् २०१२ देखि नेपालीहरूबीच भेटघाट, एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले समर पिकनिक कार्यक्रमको आयोजना गर्दै आएको छ।





Comments

comments

139862