हङकङमा चक्कु आतंक: दक्षिण एसियाली पुरुषको आक्रमणमा दुई जना घाइते

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १० अगष्ट । हङकङको पोख फु लामस्थित बागुइओ भिल्लाबाहिर सोमबार बिहान चक्कु प्रहार हुँदा एक विदेशी घरेलु कामदार र एक सुरक्षा गार्ड घाइते भएका छन्।

घटनामा २० वर्ष आसपासका एक दक्षिण एसियाली पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिहान करिब ९:२४ बजे फल काट्ने चक्कु बोकेर मानिसहरूलाई लखेटिरहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। सुरक्षा गार्ड र सर्वसाधारणको सहयोगमा ती पुरुषलाई नियन्त्रणमा लिएर पक्राउ गरिएको हो।

घटनामा घरेलु कामदारको ढाडमा चक्कुले चोट लागेको छ भने सुरक्षा गार्डको कुहिनामा चोट लागेको प्रहरीले जनाएको छ। घटनापछि सार्वजनिक भएको भिडियोमा दाह्री र शर्ट नलगाएका दक्षिण एसियाली पुरुषले चक्कु बोकेर मानिसहरूलाई लखेटिरहेको देखिन्छ।

प्रहरीले पक्राउ परेका पुरुषको फ्ल्याटबाट घाइते बिरालोसमेत फेला पारेको छ। टाउकोमा चोट लागेको बिरालोलाई उपचारका लागि SPCA को जिम्मा लगाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





Comments

comments

140236