केरुङ, भोटेकोशी नदीमा आएको भीषण बाढीले केरुङ सीमा नाकामा ठूलो क्षति पुर्याएको छ।
बाढीले मानवीय र भौतिक क्षति गरेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले हरसम्भव उद्धारको निर्देशन दिएका छन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीको आदेश लगत्तै चिनियाँ सेना ड्रोनसहित केरुङमा परिचालन भएको छ।
यता बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। रसुवाको टिमुरे र स्याफ्रुबेँसीमा बाढीले ठूलो विनाश गरेको छ।


