नरेन्द्रराज प्रसाईको नयाँ कृति ‘सीताराम दाइ’ लोकार्पण

–

काठमाडौँ। महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले राजधानी काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच नरेन्द्रराज प्रसाईद्वारा लिखित निबन्धसङ्ग्रह ‘सीताराम दाइ’ को लोकार्पण गर्नुभएको छ।

वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा कृतिबारे बोल्दै प्रमुख अतिथि प्रा.डा. त्रिपाठीले भन्नुभयो, “सिद्धहस्त जीवनीकार, निबन्धकार तथा गीतकार नरेन्द्रराज प्रसाईबाट सीताराम प्रसाईमाथि केन्द्रित भएर लेखिएको प्रस्तुत ग्रन्थलाई जीवनीकृति नै भने पनि हुन्छ।”

कार्यक्रममा विशिष्ट वक्ताका रूपमा रहनुभएका प्रा.डा. भरतकुमार भट्टराईले ‘सीताराम दाइ’ नामक यस लामो निबन्ध कृतिको बृहत् समीक्षा गर्नुभएको थियो।

लोकार्पण गरिएको यो नयाँ कृति नइ एकेडेमीको १९४ औँ कृति हो भने लेखक नरेन्द्रराज प्रसाईको आफ्नै चाहिँ ९५ औँ कृति हो।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न भएको सो समारोहमा फाउन्डेसनका सदस्यसचिव समेत रहनुभएका लेखक नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृति र यसको पृष्ठभूमिबारे आफ्ना महत्त्वपूर्ण मन्तव्यहरू प्रकट गर्नुभएको थियो।





Comments

comments

141056