Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लोकमानको निलम्बनपछि अख्तियार प्रमुखको कुर्सीमा दीप बस्न्यात…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई विभिन्न आरोप लगाई महाअभियोगको प्रस्ताव दर्ता गरिएको छ। सोमध्ये आफ्नो पदीय दायित्व दुरुपयोग गरी चिकित्सा शिक्षालगायतका क्षेत्रमा भ्रष्टाचारलाई प्रोत्साहन दिएको प्रमुख रहेको बताइएको छ।

यसैबीच अख्तियारका आयुक्त दिप बस्न्यातले बिहीबारबाट प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका छन्।

प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्व दर्ता भएको महाअभियोगको प्रस्तावको व्यवस्थापिका संसदले निर्णय नगरेसम्म बस्न्यातले कार्कीको कार्यभार सम्हाल्ने खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ।

अख्तियारका प्रवक्ता गणेशराज कार्कीले कार्कीविरुद्व महाअभियोको प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता भएको जानकारी बुधबार राति नै कार्यालयमा आएको जानकारी दिएका थिए।





Comments

comments

Leave a Reply

14700