कार्कीले कारबाही नटुंगिदै राजीनामा दिएछन्

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले ८ वर्षअघि आफूमाथि कारबाही नटुंगिदै योजना आयोगको विशेष अधिकृत पदबाट राजीनामा गरेको भेटिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतबाट प्राप्त कागजातअनुसार सामान्य प्रशासन मन्त्रालयले कारबाही प्रक्रिया जारी राखेको र त्यसक्रममा लोकसेवा आयोगमा परामर्शका लागि पत्राचार गरेकै अवस्थामा कार्कीले २०६५ भदौ २५ गते राजीनामा गरेका हुन्।

उनको उक्त राजीनामा २०६५ असोज ४ मा स्वीकृत भएको खबर कान्तिपुर दैनिकले छापेको छ।

भूकम्पका कारण हराएको भनी सर्वोच्चलाई जवाफ पठाएको प्रधानमन्त्री कार्यालयले सर्वोच्चले कारबाहीको चेतावनी दिएपछि उक्त फाइल भेटिएको हो।





Comments

comments

Leave a Reply

14734