अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको कार्यसमिति बिस्तार

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको नव निर्वाचित कार्यसमितीको पहिलो बैठकले ६ जनालाई कार्यसमिति सदस्यमा र ६ जनालाई सल्लाहकार समितीमा मनोनित गरेको छ।

अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा हालै सम्पन्न बैठकले श्याम श्रेष्ठ, यसोदा भट्ट, ज्ञानेन्द्र काफ्ले, पल्लवी भुषाल, धन पौडेल, शान्ती बर्मालाई सदस्य पदमा र डा.विजयराज शर्मा, ज्ञानेन्द्र गदाल, नविन दत्त, सुरेन्द्र श्रेष्ठ, नातिबाबु भट्ट, कुमारजंग कार्कीलाई सल्लाहकार समितिमा मनोनित गरेको हो।

हालै सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको निर्वाचनमा अध्यक्ष , उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश कृष्णमुरारी ढुङ्गेल, मिना पौडेल, गौतमसागर राई, दामोदर लुईटेल र रमेश कोईराला निर्बिरोध निर्वाचित भईसकेका भएका थिए।

संस्थाको विधान अनुसार ९ देखि ११ जना सम्मको कार्यसमिति रहने हुनाले निर्वाचन क्रममा सदस्य पदमा कसैको निवेदन नपरेको कारण मनोनित गरि कार्य समितिलाई पूर्णता दिईएको अध्यक्ष ढुङ्गेले बताए।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ।





Comments

comments

Leave a Reply

15319