नेपाल साफ सेमिफाइनलमा…

माधव बराल-
भारत (सिलिगुडी), १५ पुस। भारतको सिलिगुडीमा जारी दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले सेमिफाइनल यात्रा तय गरेको छ। समूह ए को विजेता बन्दै नेपालले चौथो साफको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई १–० गोलले पराजित गरेको हो । ५५ औं मिनेटमा मैदान प्रवेश गरेकी सपना लामाले हानेको कर्नर बल श्रीलंकाली डिफेन्डरको खुट्टामा लागेर पोस्टमा छिरेको थियो । श्रीलंकाको आत्मघाती गोलले नेपाल समूह विजेता बनेको छ । नेपालले श्रीलंकाको गोलपोष्टमा दर्जनौं प्रहार गरेको थियो । श्रीलंकाको बलियो डिफेन्स तोड्न मुस्किल परेको नेपालले केही उत्कृष्ट प्रहार चुकायो।


….
….
यसअघि नेपालले भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० गोल अन्तलरे पराजित गरेको थियो । नेपालले समूह बिको उपविजेतासँग सोमबार फाइनल यात्राको लागि खेल्नेछ । उक्त समूहको विजेता र उपवजेता शनिबार हुने भारत र बंगलादेशको खेलले टुंगो लगाउनेछ।

समूह ए मा नेपालसहित माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ।





Comments

comments

Leave a Reply

15702