नेपाली सेना पश्चिम पृतनालाई प्रथम एलजी कप सेभेन ए साइडको उपाधि


फोटोः उमेश पुन

केशव पाठक / एचकेनेपाल डट कम –
पोखरा, १५ पुष । ‘युवाको सकारत्मक प्रयोग र उपयोगको’ नारा सहित सामाजिक कृयाकलापमा आवद्ध लाली गुराँस एशोशियसन पोखराले आयोजना गरेको प्रथमसेभेन ए साइड फुटबल प्रतियोगितामा काजी पोखरीलाई टाई व्रेकरमा ३–२ ले पराजित गर्दै नेपाली सेना पश्चिम पृतनाले उपाधि जितेको हो। उपाधिसंगै नेपाली सेनाले नगद १ लाख २५ हजार ५ सय ५५,रनिङ शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो।

आज अमरसिंह मैदानमासम्पन्न भएको फाईनल खेलमा काजी पोखरीले खेलको १६औं मिनेटमा अग्रता लिए पनि सेनाले पहिलो हाफको इन्जूरी समयमा गोल फर्काउदै खेल बराबरी ल्यायो । दोस्रो हाफमा दुुवै टोलीबाट गोल हुन सकेन र खेल टाई ब्रेकरमा गएको थियो । टाई ब्रेकरमा काजी पोखरीका खेलाडीले सुरुवाती पेनाल्टी नै खेरा फाले पछि नेपाली सेना पश्चिम पृतनालेकाजी पोखरीलाई टाई व्रेकरमा ३–२ ले पराजित गरेको हो।


….
….
प्रतियोगिताको उपबिजेता बन्दै काजी पोखरीले नगद ७५ हजार५ सय ५५, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सेनाका खेलाडी सन्तोष गुरुङ्ग घोषित भए भने सार्बाधिक गोलकर्ता तारा एफ सिका सामसुङ्ग भए । त्यस्तै अनुशासित टीम अक्सिजन लेकसाईडले हात पा¥यो । प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर काजी पोखरीका किरण दुरा भए । उत्कृष्ट फवाडर्मा एलजीएशोशियसनका अजित गुरुङ्गले हात पार्याे।

प्रतियोगिताका बिजेता र उपबिजेता टीम र खेलाडीहरुलाई पश्चिम पृतनाका उपरथि जगदिश चन्द्र पोख्रेल, खम गुरुङ्ग,भरत के सी, ओम बस्नेत, लाली गुराँस एशोशियसनका अध्यक्ष डम्बर जंग गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।





Comments

comments

Leave a Reply

15710