कोलोराडोमा यसरी मनाइयो तमु ल्होसार

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। तमु ल्होसारको अवसरमा कोलोराडोमा एक साँस्कृतिक कार्यक्रमसंगै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो।

तमु प्ले ल्हु संघ अमेरिकाको आयोजनामा कोलोराडो निवासी तमु समुदायले सांस्कृतिक कार्यक्रम गरी तमु ल्होसारको अवसरमा शुभकामना आदान प्रदान गरेका हुन्।

तमु प्ले ल्हु संघ अमेरिकाका अध्यक्ष तौ बहादुर तमुको अध्यक्षतामा तथा गुरुङ पुरोहीत कुम बहादुर तमुको प्रमुख आतिथ्यमा बोल्डरमा सम्पन्न कार्यक्रममा एक साँस्कृतिक कार्यक्रमसंगै पुरोहितबाट सबैलाई नयां बर्षको उपलक्ष्यमा आशीर्वाद प्रदान गरिएको थियो।

नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गीत गाएर सुरु गरिएको कार्यक्रमको प्रमुख अतिथी कुम बहादुरले पानसमा बत्ती बालेर कार्यक्रमको उद्धाटन गरेका थिए।

कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यबसायी, सर्बसाधारणको बाक्लो उपस्थिती रहेको कार्यक्रममा रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष योगराज गौतम, तमु धि कोलोराडोका अध्यक्ष चन्द्र बहादुर गुरुङ, याक एण्ड यतीका दिनेश भट्टराई, कार्यक्रमका सभापती, प्रमुख अतिथी लगायतका अतिथिहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो।

तमु ल्होसार २०७३ को आह्वान मौलिक भाषा, धर्म, संस्कार, संस्कृति सहितको सम्मान भन्ने मुल नारालाई आत्मासात गर्दै सम्पन्न कार्यक्रममा गुरुङ, तामाङलगायत बिभिन्न भाषाका गीतमा कलाकारहरुले आ–आफ्नो कला प्रदर्शन गरेका थिए । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु आफ्नै सांस्कृतिक पहिरनमा सजिएर आएका थिए।

तमु प्ले ल्हु संघ अमेरिकाको सचिव सन्तोष तमु र कल्पना तमुले संचालन गरेको कार्यक्रममा सभापति तौ बहादुर तमुले उपस्थित सबैलाई धन्यबाद दिदै तमु संस्कृति जोगाई राख्न, तथा अमेरिकामा जन्मेहुर्केका बालबालिकाहरुलाई तमु संस्कृतिको पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताए।

नयां बर्ष ल्होसारमा परंपरा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोलि पल्ट नयां दिनको झुल्के घामसंगै नयां बर्षको स्वागत गर्दछन्। उनीहरु आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आशीर्वाद लिने गर्दछन्।

थप तस्वीरहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

15748