Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसरी हुंदैछ मिस तामाङ् प्रतियोगिता…

पोखरा, २१ पौष। २८५३ औं सोनाम ल्होछारको अवसरमा बैदाम तामाङ समाजको आयोजनामा हुने ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१७ को तयारी तीव्र पारिएको छ।

मिस तामाङ्ग पोखरा २०१७ का लागि १३ जना प्रतियोगीहरुले भाग लिएका छन् । प्रतियोगीहरुलाई बिभिन्न बिषयमा तालिम प्रदान गरिएको कार्यक्रम संयोजक जेसिका तामाङ्गले बताइन्।

१ महिना भन्दा लामो समयको प्रशिक्षणको दौरानमा अहिलेसम्म कार्यक्रम सहसंयोजक जयन्ती मोक्तानले तामाङ्ग भाषा, ब्यक्तित्व विकास, सकारात्मक सोँच, तथा सकारात्मक बानीका बिषयमा र्याण्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेल, पोखरा मन्टेश्वरी ट्रेनिङ्ग इन्स्टिट्युटका थिरबहादुर थापा, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका पश्चिमाञ्चाल ब्युरो प्रमुख केशबशरण लामिछाने, र्याण्डम रिडर्स सोसाइटी अफ नेपालका निवर्तमान अध्यक्ष गनेस पौडेल, पोखरा एफ एमका स्टेशन म्यानेजर सन्जय मल्ल, गेटवे फाउण्डेशनका अमृत भट्टराई, माछापुच्छ«े एफएमका स्टेशन म्यानेजर कञ्चन थापा, ले प्रशिक्षण प्रदान गरेका छन् । यसैगरि तामाङ्ग संस्कार तथा संस्कृतिका बारेमा नेपाल तामाङ्ग घेदुङ्ग, प्रदेश नम्बर ४ का अध्यक्ष दिपक वाइवा तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्गका पुर्व केन्द्रिय अध्यक्ष धनबहादुर तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग लामा संघका केन्द्रिय अध्यक्ष पाल्देन लामा, मिङ्गमार तामाङ्ग लगायतले प्रशिक्षण दिएका छन् । कार्यक्रमको कोरियोग्राफी सृष्टि सेञ्चुरीले गरेका छन भने तामाङ्ग नृत्यको प्रशिक्षण राम लामाले गरेका छन्।
….
[wds id=”2″]
….
सहभागी प्रतियोगीहरुमा पोखरा लेकसाइडका सृष्टि लामा, अञ्जली लामा, मालेपाटनका अरुणा लामा, संगीता तामाङ्ग, लेखनाथका सीता तामाङ्ग, मन्जु तामाङ्ग शान्तीनगरका जीता लामा, सिम्पानीका रिमा तामाङ्ग, न्युरोडका मालिका तामाङ्ग, बगरका जगनकुमारी तामाङ्ग, जिरोकिलोमिटरका पुनम तामाङ्ग , मिरुवा कसेरीका दिप्ती तामाङ्ग र भेडिफारामका प्रिया तामाङ्ग रहेका छन।

कार्यक्रमबाट बचेको रकम बैदाम तामाङ्ग समाजले ग्याजर्दी लेकसाइडमा निर्माणाधिन रेञ्छिन तेरजोट तामाङ्ग शान्ती गुम्बा निर्माणमा खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । माघ ८ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा कलाकारहरु चन्द्रबहादुर दोङ्ग तथा शशिकला मोक्तान लगायतका कलाकारहरुको सांगितिक प्रस्तुतिका साथै तामाङ्ग सांस्कृतिक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक जेसिका तामाङ्गले बताए।





Comments

comments

Leave a Reply

15796