Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धरानमा रविन एण्ड द न्यु रिभोलुसन… (फोटो फिचरसहित)

सन्तोष काफ्ले –
धरान। साँझ छिपिदै थियो धरान १२ स्थित पब्लिक स्कुलको खेलमैदानमा युवा युवतिहरुको भिड बड्दै थियो। कारण थियो रविन एण्ड द न्यु रिभोलुसनको प्रस्तुती।

रविनको प्रस्तुती हेर्न पब्लिकमा दिउसोदेखि नै दर्शकहरुको भिडभाड सुरु भई सकेको थियो। सांगीतिक शहरको रुपमा रहेको धरानमा गीत संगीतमा झुम्न वाहना चाहिन्छ सबै जम्मा भई हाल्छन्।

लामो समयपछि धरानमा लाइभ कन्सर्ट भएको कारण पनि हुन सक्छ पब्लिक मैदान साझको ७ वज्दा नबज्दै भरिभराउ भइरहेको थियो। सिल्भर इन्टरटेण्डमेन्टले अंग्रेजी नयाँ वर्षको स्वागतमा आयोजित न्यु इयर इभ कन्सर्टमा पब्लिक मैदान भरिभराउ थियो। साँझ ५ बजे सुरु हुने भनिए पनि २ घण्टा ढिला गरि सूरु भएको कार्यक्रमा रविनको प्रस्तुतीमा रम्न झण्डै ४ घण्टा नै पर्खनु पर्यो।

जव रातको ९ बजेको थियो कार्यक्रम सञ्चालकका रुपममा रहेका महेश लिम्बु र इक्सा मादेनले रविन एण्ड द न्यु रिभोलुसनको पुरान नाम लिन नपाउदै दर्शक दिर्घामा हल्ला सुरु भइसकेको थियो। रविनको लागि धरान इटहरी इनरुवा विराटनगर तथा भापादेखि आएको दर्शकले एक साथ रविनको नाममा ..दम मारो दम को हुटिङ गरिरहदा रविन समेत मख्ख देखिन्थे।

पौषको चिसो रात अनि शितको समेत परवाह नगरी वसेको दर्शकलाई भेरै वेर नकुराइ रविनले हामीलाई विदेशी चाहिदैन देशको लागि हामी काफी छौ भन्दै सुरु गरे हाम्रो देश…बोलको गीत । यो गीतसंगै युवाहरुलाई देशको लागि केही गर्न उक्साउन समेत भ्याएका थिए।

….
[wds id=”2″]
….
रविनले तिम्रो दिन.. जति माया लाए पनि.., नेपाल मेरो गुलाबको काँडा.., चिसो चिसो हावामा.., भेटे मैलो शिवजी.., दर्शकको रोजाईको दम मारो दम..लगायत एक दर्जन हाराहारीमा गीत प्रस्तुत गरे।

रविन सगै कार्यक्रमा इन्दिरा जोशी ,पूर्वाञ्चलको चर्चित ब्याण्ड द आउट साइडर र स्थानीय गायक बविन लिम्बुलेसमेत गीत प्रस्तुत गरेका थिए। कार्यक्रम रातको ११ वजेसम्म चलेको थियो।

थप फोटोहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

15794