Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जहाँ खानेपानी पाइपबाट दूध झर्छ

खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ। तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटीखोलमा २० एमएमको प्लाष्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ।

पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध गोटीखेल बजारमा पाँच मिनेटमै झर्छ। ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक शिवप्रसाद सञ्जेलका अनुसार गोटीखेलमा मात्रै होइन, बखेल, इकुडोलमा पनि पाइपबाट दूध संकलन हुने गरेको छ।

गोटीखेलमा सुख्खा मौसममा कम दूध आए पनि वर्षा र हिउँदा भने दैनिक सात सय लिटरसम्म दूध संकलन हुने गरेको खबर नयाँ पत्रिकाले छापेको छ।





Comments

comments

Leave a Reply

17506