Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल फर्कने तयारीमा रहेका एक नेपालीको कोरियामा मृत्यु

बैशाख १६ , खोटाङ – दक्षिण कोरियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।खोटाङको खोटेहाङ ५ चिप्रिङका ३१ बर्षीय कल्याण राई कोरियाको खङजुस्थित अपार्टमेन्टमा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन्।

बैशाख २९ गते घर फर्कन लागेका राई बिहीबार मृत फेला परेको आफन्तले बताएको खबर नागरिक दैनिकले छापेको छ।

पाँच बर्षअघि रोजगारीका लागि कोरिया पुगेका राइको मृत्युको कारण खुल्न सकेको छैन । शव नेपाल ल्याउने पहल भइरहेको छ।





Comments

comments

Leave a Reply

17508