‘लाइट अफ द हिमालय’ बेलायतमा बिमोचित

​​​​​​ईचा | बेलायत, साहित्यकार डा. कबिताराम श्रेष्ठको पछिल्लो अंग्रेजी अनुवादित कृति लाइट अफ द हिमालय बेलायतमा बिमोचन गरिएको छ।

प्रवासी नेपाली साहित्य समाज बेलायतले आयोजना गरेको एक कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुबेदीको बाहुलीबाट कृति लोकार्पण गरिएको हो।

केहि बर्ष यता खतरनाक क्यानसरको बिमार परेका सर्जक श्रेष्ठ कार्यक्रम स्थलमा अक्सिजनको सिलिन्डर सहित अक्सिजन लिदै उपस्थित भएका थिए। साहित्यकार बिश्वासदिप तिगेलाको अध्यक्षतामा आयोजित कार्यक्रममा डा रुपक श्रेष्ट, राजेन्द्र क्षेत्री, सुमाया राई, एस बहादुर राई, एलिजाबेथ इभान्स लगायतका दर्जनौ अतिथिहरुको उपस्थिती रहेको थियो।

सर्जक श्रेष्टको बौद्ध दर्शणमा आधारित खोज तथा अनुसन्धानमूलक नेलाली उपन्यास महा भिनिसक्रमणका अस्वीकृत पाइलालाई अंग्रजीमा अनुबाद गरि लाइट अफ द हिमालय नाममा प्रकाशन गरिएको हो । सर्जकको यो पाचौ अनुबादित कृति हो । ३७ कृतिहरु, २ कथानक चलचित्र र २ बृत्तचित्रका ७० बर्षीय सर्जक श्रेष्ठलाई दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मान गरिएको छ।

कार्यक्रममा साहित्यकार मुलिबीर राई, राजेन्द्र क्षेत्रि र भगवान चाम्लिङले सर्जक तथा कृति उपर प्रकाश पारेका थिए । बेलायति सर्जक एलिजाबेथ इभान्स, डा. रुपक श्रेष्ट र प्रमुख अतिथी महामहिम राजदुत डा.दुर्गाबहादुर सुबेदिले शुभकामना मन्तब्य दिएका थिए।

कार्यक्रमको अन्तमा सर्जक मन्तब्य राख्दै डा. श्रेष्ठले यो आफ्नो अन्तिम कृति हुने पक्का भए पनि मृत्युसँग आफू नडराएको र मृत्युले आफूसँग पराजय भोगिरहेको बताए । कार्यक्रम अबधिभर नै ज्यादै प्रफुल्ल मुद्रामा प्रस्तुत उपन्यासकार सर्जकलाई उनकी धर्मपत्नीले कार्यक्रममा साथ दिएकी थिइन्।

सुश्री केवा राईद्वारा संचालित कार्यक्रम अंग्रेजी भाषामा आयोजना गरिएको थियो । कार्यक्रममा संयोजक मुलिबीर राईद्वारा निर्मित सर्जक बिशेष अन्तरबार्ता पनि प्रदर्शन गरिएको थियो।





Comments

comments

Leave a Reply

19290