बाढीपीडितका लागि एक अर्ब निकासा, १ अर्ब १३ करोड मौज्दात

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बुधबार बसेको बैठकले बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको खबर नयाँ पत्रिकामा छ।

कोषले तत्काल पहिलो किस्तामा ५० करोड र दोस्रो किस्तामा ५० करोड दिने गरी १ अर्ब रुपैयाँ निकासा गरेको छ । सो रकम गृह मन्त्रालयमा रहेको केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ । बाढी प्रभावित जिल्लाका जिल्ला प्रशासन कार्यालयमातहत रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत पीडितलाई राहत वितरण गरिनेछ ।

नियमावलीअनुसार कोषमा जम्मा भएको रकम दैवी प्रकोपबाट असर परेको वा पर्न सक्ने व्यक्तिको उद्धार र सम्पत्तिको संरक्षण गर्न, राहत उपलब्ध गराई अस्थायी शिविर खडा गर्न, पीडितको भरणपोषण तथा जीवन निर्वाहका लागि प्रयोग गरिनेछ ।





Comments

comments

Leave a Reply

19316