बाढी पीडितलाई कुहिएको चामल

बाढीपिडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेको सामग्री वितरण भईरहेको भन्दै सप्तरीका बाढी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन्।

एनजीओदेखि जिल्ला दैवीप्रकोप उद्धार समितिले वितरण गर्ने राहत सामाग्रीसमेत गुणस्तरहीन हुने गरेको उनीहरुको गुनासो छ।

यसैबीच मंगलबार महुली सामुदायिक विकास केन्द्रले सप्तकोशी नगरापालिकामा म्याद गुज्रेको पानी छान्ने क्लोरिन वितरण गरेको फेला परेको खबर नेपाल समाचारपत्रले छापेको छ।





Comments

comments

Leave a Reply

19325