रौतहटमा चिसोबाट मर्नेको संख्या २४ पुग्यो

रौतहटमा चिसोले मर्नेको संख्या २४ पुगेको छ । चिसोकै कारण ज्यान गएको भनेर आफन्तले प्रहरीमा दर्ता गरेका मृतकको संख्या २४ पुगेको हो।

तर, रौतहटका उपरीक्षक यज्ञविनोद पोखरेलले प्रहरीमा दर्ता भएका सबैको मृत्यु जाडोकै कारणले भएको निश्चित नभएको बताए।

पोस्टमार्टम रिपोर्टपछि मात्र जाडोबाट या अन्य कारणले मृत्यु भएको यकिन हुने उनको भनाइ छ । चिसोले मृत्यु हुनेको परिवारलाई राज्यले एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सरकारी राहतका लागि पनि कालगतिले मरेकालाई चिसोले ज्यान गएको भनेर दर्ता गर्ने क्रम बढेको हुन सक्ने स्थानीय प्रशासनको आशंका छ ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालयमा मृतकको नाम दर्ता गराउन आउनेको संख्या बढ्न थालेको प्रहरी उपरीक्षक पोखरेलले बताए। नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

21681