आहा ! रारा गोल्ड कपको तयारी पूरा, मंगलवारदेखि खेल!

आहा ! रारा गोल्ड कपको तयारी पूरा,
उद्घाटन खेलमा आयोजक सहारा र सुदुर पश्चिमाञ्चलको स्पोटिङ क्लव भिड्ने

दीननाथ बराल / एचकेनेपाल डट कम –

पोखरा । पश्चिम क्षेत्रकै प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ।

यही माघ ९ गते अर्थात मंगलबार देखि सुरु हुने १६ औं संस्करणको उक्त प्रतियोगिताको तयारी पुरा भएको आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

पोखरा रंगशालामा मंगलबार सुदुर पश्चिमाञ्चल एघार स्पोर्टिङ क्लव र आयोजक सहारा क्लव बिच उद्घाटन खेल हुने भएको सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । उनका अनुसार उक्त प्रतियोगितामा दुई विदेशी सहित १२ टिम सहभागि हुने भएकाछन।

प्रतियोगितामा भारतको युनाईटेड सिक्किम फुटवल क्लव, बंगलादेशको उत्तर बरिन्धरा क्लव, मनाङ मस्र्याङदी क्लव, संकटा क्लव, रमपम झापा एघार फुटवल क्लव, धरान फुटवल क्लव, सुदुर पश्चिमाञ्चल एघार स्पोर्टिङ क्लव, थ्रि–स्टार क्लव, आयोजक सहारा र तिन वटा विभागिय टोली नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी वलको एपिएफ क्लव सहभागि हुने भएको क्लवले जनाएको छ। प्रतियोगितमा विजेताले उपाधि सहित ७ लाख एक हजार, उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने भएका छन।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ सहारा क्लबले संचालन गर्दै आएको उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरणपोषर्णमा खर्च गर्दै आएको महासचिव विश्वराज बरालले बताए । सहारा एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेकाछन।

यस बर्षको आहा रारा गोल्ड कप हेर्न भाग्य शालि एक जना दर्शकलाई सहारा हङकङबाट स्कुटर प्रदान गरिने भएको क्लवका बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ(सुरज) ले बताए । उनका अनुसार गत बर्ष प्रदान गरीदै आएको भाग्य शालि दर्शक उपहार सुनको सिक्रिबाट बृद्धि गरी स्कुटर प्रदान गरिने भएको हो । अर्को एक जना भाग्य शालि दर्शकले एक थान एल.जी.टि.भी. प्राप्त गर्ने भएको छ ।

पोखरा रंगशालाको फुटवल मैदान अन्तराष्ट्रिय स्तरको निमार्णको लागि हाल ग्लोवल टेण्डर आव्हान भई, पुरानो प्यारापिट केहि भाग भत्काईएको छ । क्लवले यस पाली कृतीम प्यारापिट(स्काई फोल्डिङ) निमार्ण गर्ने भएको छ । उक्त प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ भने सहारा क्लव अष्ट्रेलिया दोश्रो पुरस्कार प्रायोजकको रुपमा रहेको छ । प्रतियोगितामा विभिन्न पाँच विधामा उत्कृष्ट हुने पुरस्कार प्रायोजकमा पृथ्बीराजमार्ग बस संचालक समिति रहेको छ । पत्रकार सम्मेलनमा सहारा क्लवलाई उद्योगपति तथा हिमश्री फुड्स प्रालिका अध्यक्ष सुर्य बहादुर केसीले आयाृजक सहाराका खेलाडीहरुको लागि जर्सी हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै उनले आहा रारा गोल्ड कपलाई अन्तराष्ट्रिय स्तरकै रुपमा विकास गर्न आग्रह गरे । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशालामा आहा रारा गोल्ड कप सकिना साथ बाँकी रहेको प्यारापिट भत्काएर रंगशाला निमार्णको लागि टेण्डर प्रकृया अघि बढ्ने जनाए । क्लवका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । क्लवले यस बर्ष फुटवल खेलमा योगदान पु¥याएको नेपाली राष्ट्रिय खेलाडी एक जना खेलाडीलाई ३५ हजार सहित सम्मान गर्ने भएको छ । यसै बिच शनिबार साइृकल सिटि पोखराको बिषेश सहयोगमा पोखरामा प्रचारात्मक साईकल ¥याली भएको थियो ।





Comments

comments

Leave a Reply

21703