काठमाडौँ, १५ माघ । केरुङ काठमाडौं अन्तर्देशीय रेलमार्ग बनाउन चीन सकारात्मक भईरहेको बेला नेपाल सरकारले भने चासो दिएको छैन।
उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दैै चिनिया टोली फर्किएको लामो समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम अगाडि नबढाईएको खबर नागरिक दैनिकले छापेको छ।
कात्तिक २४ गतेन काठमाडौंमा सम्पन्न नेपाल चीन संयुक्त स्थलगत अध्ययनपछि चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच दोस्रो चरणको बैठक २०१७ डिसेम्बरमा बेईजिङमा बस्ने समझदारी भएको थियो।
तर नेपाली पक्षबाट चासो नदिइँदा अहिलेसम्म बैठक बस्न सकेको छैन।