फेसबुकमा ‘मेरो अन्तिम दिन!’ भनेर बेहुला हराएपछि…

घरमा कामको चटारो थियो। बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो। अघिल्लो दिन अकस्मात् बेहुला हराए। खोजी गर्दा कतै भेटिएनन्।

बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे। खोजीका लागि निवेदन दिएकै ६ दिन बितिसक्यो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

अहिलेसम्म अवस्था पत्ता नलाग्दा उनीहरूले बाध्य भएर शुक्रबार प्रशासन कार्यालय नै घेराउगरेका छन्।

सोमबार विवाहको लगन जुराइएको थियो। गैंडाकोट–१४ का २९ वर्षीय बालकृष्ण खरेल अघिल्लो

बेलुकासम्म परिवारका सदस्यसँग हाँसीखुसी व्यवहार गरिरहेका थिए। तर, मध्यरातदेखि उनीबेपत्ता भए। घर नजिककी युवतीसँग विवाह छिनिएको थियो, उनको। दुवै परिवारले सबै तयारीपूरा गरिसकेका थिए। बेहुला एकाएक बेपत्ता भएपछि दुवै पक्ष चिन्तित छन्।

‘बिहेको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौं, पछि सुत्न गयौं। बिहानहेर्दा भाइ कोठामा थिएन,’ दाजु गणेशले भने, ‘कतै निस्केका होलान्, आइहाल्लान् भनेर सबैतयारी गर्‍यौं। जन्ती आउने क्रम सुरु भयो। भाइ आएनन्।’ त्यसपछि सबै आत्तिए। अहिलेसम्मउनको कुनै खबर नपाउँदा परिवारका सदस्य चिन्तित छन्।

९ वर्षदेखि स्पेनमा बस्दै आएका थिए, बालकृष्ण। गत मंसिरमा घर आएका थिए। आफन्तकाअनुसार उनकै राजीखुसीले विवाहको टुंगो लागेको थियो। परिवारले इलाका प्रहरी कार्यालयगैंडाकोट, रजहर र जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छन्। प्रहरीलेहराएदेखि नै बालकृष्णको मोबाइलको ‘स्विच अफ’ रहेको तर फेसबुक भने ‘एक्टिभ’ भएकोजनाएको छ।

प्रहरीका अनुसार अघिल्लो दिन माघ २१ गते राति ११:३७ देखि ११:५७ सम्म लगातार बेहुलीकोमोबाइलमा फोन गरेको देखिएको छ। त्यसपछि मोबाइल ‘अफ’ छ। फेसबुकमा अनलाइन देखिएपनि परिवारका सदस्यले सोधेका कुराको जवाफ आएको छैन। बिहीबार राति ११:३९ मा उनकोफेसबुकमा ‘भोलि बालकृष्णको अन्तिम दिन हो’ भन्ने स्टाटस अपडेट भएको देखिएपछिपरिवारजन गहिरो चिन्तामा छन्। त्यसको अघिल्लो दिन ११:३९ बजे उनको म्यासेन्जरमा फोनगर्दा हिन्दीमा ‘बालकृष्ण नही है’ भन्ने जवाफ आएको र त्यसपछि फोन राखिएको परिवारजनकोभनाइ छ।

शंकास्पद संवाद र फेसबुक स्टाटसका आधारमा उनको अपहरण भएको हुन सक्ने आशंकाप्रहरीले गरेको छ। परिवारका सदस्यहरू भने बालकृष्णको कसैसँग पनि झगडा वा शत्रुतानभएको बताइरहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीले ‘कल डिटेल्स’ लिएर उनकोखोजी भइरहेको जनाएको छ। तीन दाजुभाइमध्ये बालकृष्ण परिवारका कान्छा हुन्। कक्षा १२सम्मको अध्ययन गरेर उनी नौ वर्षअघि बिदेसिएका थिए। उनी स्पेनस्थित एक होटलमा कामगर्थे। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

21977