चिनीयाँ प्रधानमन्त्री नेपाल आउंदै

काठमाडौं – चिनीयाँ प्रधानमन्त्री ली कछयाङले एक महिनाभित्र नेपाल भ्रमण गर्ने गरी तयारी अघि बढेको छ।

यही मार्चभित्र ली नेपाल भ्रमणमा आउने भएपछि गोप्यरुपमा भ्रमणको तयारी गरिएको खबर नेपाल समाचारपत्रमा समाचार छापिएको छ।

चिनीयाँ राष्ट्रपति सी जिन पिङको सम्भावित नेपाल भ्रमणको तयारीका सिलसिलामा ली काठमाडौं आउने तयारीमा रहेको बताइएको छ ।

प्रधानमन्त्री लीको नेपाल भ्रमण सफल बनाउन केही दिनयता काठमाडौंस्थित चिनीयाँ दूतावासका अधिकारीहरु प्रायः हरेक दिनजसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धाउने गरेका छन् ।

प्रधानमन्त्री ली विशेष विमानमा आउने भएपछि रनवेको गुणस्तर र सुरक्षामा चिनीयाँ अधिकारीहरुको चासो बढेको हो।





Comments

comments

Leave a Reply

22290