दाङ – नरुलाल चौधरी घोराही उपमहानगरपालिकाको मेयर चुनिएको ८ महिना पुग्यो ।
मेयर पदमा आसिन भएदेखि उनी जिम्मेवारी बहनकै क्रममा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा कुदिरहेका छन् ।
विभिन्न स्थानबाट आतिथ्यताका लागि दिइने निम्तो मान्ने धपेडी पनि छ ।
तर ८ महिनाको अवधिमा चौधरीले बैठक भत्ता बाहेक कुनै पारिश्रमिक पाउन सकेनन् ।
आफ्नै खर्चले जसोतसो धानेको बताउँदै उनले भने, ‘खल्तीबाटै खर्च हालेर जनताको काममा खटिएँ ।’ आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।