काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा कांग्रेसको भूमिका प्रभावकारी बनाउन तत्काल मुख्य सचेतकको मनोनयन गर्ने तयारी गरेका छन्।
काग्रेस संसदीय दलको विधानमा मुख्य सचेतकको जिम्मेवारी महत्वपूर्ण भएकाले सभापति देउवाले सो जिम्मेवारी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने सासदलाई मुख्य सचेतकको जिम्मेवारी दिने देउवा निकट एक नेताले बताएका छन् ।
देउवाले राष्ट्रिय सभाको संसदीय दलको नेता पनि मनोनित गर्न बाँकी छ ।
निर्वाचनमा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सीमित भएपछि कांग्रेस सभापति देउवालाई प्रधावकारी ढंगले काम गर्न सक्ने क्षमतावान सांसदलाई मुख्य सचेतक बनाउन दबाब पनि बढेको आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ।
मुख्य सचेतकमा काग्रेसभित्र कृष्णप्रसाद सिटौला पक्षले गगन थापालाई मनोनित गर्न संसदीय दलका नेता देउवालाई दबाब दिइरहेका छन् ।