चरम यातना दिएर १९ वर्षे छोरीको हत्या !

चरम यातना दिएर छोरीको हत्या गरेको आशंकामा धनुषा प्रहरीले जनकपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।

आफ्नी १९ वर्षिया छोरीको हत्या गरी भारत लगेर अन्त्येष्टि गरेको आशंकामा प्रहरीले धनुषा सहिदनगर-६ का ४० वर्षीय दिलिपकुमार यादवलाई पक्राउ गरेको हो। आमा फरार छिन्।

काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षिया स्नेहा कुमारी यादवलाई उनकै बाबुआमाले चरम यातना दिएर मारेको आशंका गरेको हो। ‘छोरीलाई सम्झाउने क्रममा फागुन ८ गते साँझ ठूलो-ठूलो स्वरमा उनीहरूबिच झगडा भयो’, घटनाको अनुसन्धान गरिरहेका धनुषा प्रहरीका एक अधिकृतले भने , ‘त्यही साँझ नै आमाबाबुको चरमयातनाले स्नेहाको मृत्यु भएको आशंका छ।
कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

22380