सी जिनपिङ ‘आजीवन’ राष्ट्रपति बन्न पाउने

काठमाडौं – चीनमा दुई कार्यकाल मात्रै राष्ट्रपति हुने पाउने समयसीमा हटाइएको छ।

चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले आइतबार ‘नेशनल पिपुल्स कंग्रेस’बाट संविधान संशोधनमार्फत राष्ट्रपति र उपराष्ट्रपतिको दुई कार्यकालको समयसीमा हटाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

गएको फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालको समयसीमा हटाउन सिफारिस गरेको थियो।

यससँगै २०१२ मा सत्तामा आएर दोस्रो कार्यकाल चलाइरहेका राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकाल र आजीवन राष्ट्रपति बन्ने बाटो खुलेको छ। चीनमा राष्ट्रपति सेनाध्यक्ष र कम्युनिष्ट पार्टीको अध्यक्ष हुन्छन्।

समयसीमा हटाइएपछि राष्ट्रपति सीले सत्तारुढ कम्युनिष्ट पार्टीको प्रभुत्व कायम राख्न र नेतृत्वको एकताका लागि यो जरुरी भएको बताए।

चिनियाँ सञ्चारमाध्यमले सीले अघि सारेका बेल्ट रोडलगायत महत्वाकांक्षी योजना पुरा गर्न उनको निरन्तरता आवश्यक भएको र त्यसैका लागि दुई कार्यकालको प्रावधान हटाइएको टिप्पणी गरेका छन्।

देङ सियाओपिङले सन् १९८२ मा ल्याएको कार्यकालमा सीमा तोक्ने व्यवस्था हटाउनु खतरनाक हुने कतिपय आलोचकहरूले चेतावनी दिएका छन्।

चीनले राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि सन् १९९० को दशकमा तय गरेको थियो।

राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गएको अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

22384