‘ए मेरो हजुर २’ कोलोराडोमा प्रर्दशन

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। नेपाली कथानक चलचित्र ए मेरो हजुर २ को कोलोराडोको बोल्डरमा प्रदर्शन गरिएको छ।

बोल्डर नेपाल र ब्रमुण्डा ईन्टरटेन्टको संयूक्त आयोजनामा तथा चलचित्र निर्देशक झरना थापाको उपस्थितिमा चलचित्र प्रदर्शन गरिएको हो । निर्देशक झरना थापालाई कार्यक्रम स्थलमा परंपरागत धिमेबाजा, फूलका गुच्छा र खादाद्धारा स्वागत गरिएको थियो।

कार्यक्रममा समाजसेवी डा. बिष्णुबहादुर श्रेष्ठ तथा सबिता श्रेष्ठले निर्देशक झरना थापालाई मायाको चिनो प्रदान गरेका थिए भने लङमन्ट हिमालयज् लायन्स क्लवका अध्यक्ष प्रमोद श्रेष्ठ, बौद्ध समाज कोलोराडोका अध्यक्ष अक्कल तमाङ्ग, बोल्डर नेपालका बिके श्रेष्ठलगायतका ब्यातिmहरुले खादा पहिराएर सम्मान गरेका थिए।

त्यस्तै कार्यक्रममा उपस्थित अभिनेता सुनिल क्षेत्री, नायिका साहारा कार्की, चलचित्र निर्देशक कृष्णमुरारी ढुङ्गेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, मिष्टर नेपाल युएसए आशिस श्रेष्ठ लगायतका कलाकारहरुलाई खादा पहिराएर सम्मान गरिएको थियो।

बोल्डर नेपालका बिके श्रेष्ठले फिल्म हेर्न उपस्थित सबैलाई धन्यवाद दिदै यस प्रर्दशनबाट उठेको ५० प्रतिशत रकम मेकअप आर्टिष्ट ईन्द्रलामा र भर्जिनिया उठेको २५ प्रतिषद चितवनका बिवेक परियारको उपचारमा खर्च गरिने घोषणा गर्दै अन्य ठाउमा प्रदर्शन गरेर उठेको रकम पनि त्यस्तै सामाजिक क्षेत्रमा खर्च गरिने प्रतिबद्धता जनाएका थिए । कार्यक्रम दिनेश कार्कीले सचालन गरेका थिए।

कार्यक्रमको दोश्रो चरणमा निर्देशक कृष्णमुरारी ढुङ्गेल स्विच थिचेर फिल्मको प्रदर्शन सुरुगरेका थिए । हरिहर अधिकारीद्धारा लिखित तथा सुनिल थापाद्धारा निर्मित यस चलचित्र झरना थापाद्धारा निर्देशित पहिलो चलचित्र हो।

यसमा साम्राज्ञीराज्यलक्ष्मी शाह, सलिममान बानिया, अमर सुवेदी, बुद्धि तामाङलगायतका कलाकारहरुको उल्लेखनिय भूमिका रहेको छ।

विश्वको अग्लो स्थानमा रहेको तिलिचोताल, जोमसोम, फेवाताल र नेपालको सुन्दर तथा प्रकृतिक मनमोहक पहाडी श्रृखलाहरु संगटिएको प्रेम कथामा आधारित चलचित्र एक पटक हेर्नै पर्ने दर्शकहरुले प्रतिकृया दिएका छन्।

थप फोटोहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

22388