युएस ब‌ंगला एयरलाइन्सको विमान दुर्घटना, २२ नेपालीसहित ४९ को मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार अपरान्ह युएस ब‌ंगला एयरलाइन्सको विमान दुर्घटनामा परेको छ।

दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ। २२ जनाको उपचार हुँदै छ। विमानमा दुर्घटनामा २२ नेपालीको ज्यान गएको छ। विमानमा ३३ जना नेपाली सवार थिए। विमानमा चालकदलसहित कम्तीमा ७१ जना सवार थिए।

बंगलादेशको ढाकाबाट आएको विमान धावनमार्ग नजिकै अवतरणको क्रममा दुर्घटनामा परेको हो। विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटबल मैदानमा पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। विमान नियमित रुटभन्दा फरक बाटोबाट किन अवतरण गर्न खोजिएको त्यसबारे अनुन्धान गरिने बताए।

दुर्घटनापछि भीषण आगलागी भएको छ। उद्धारमा खटेका सुरक्षाकर्मीका अनुसार घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। गम्भीर घाइतेहरुलाई केएमसी अस्पताल भर्ना गरिएको छ ।

घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री राम बहादुर थापा र नेपालका लागि बंगालादेशी राजदूत घटनास्थल पुगेका थिए।

थप समाचार अपडेटः





Comments

comments

Leave a Reply

22394