कांग्रेस समीक्षाः कांग्रेस हार्नुको प्रमुख कारण एमाले र माओवादी

निक्कै रस्साकस्सीबीच १४ दिनसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले भदौ मसान्तभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको छ।

संस्थापन पक्षको असोज र पौडेल–सिटौला पक्षको १५ असारभित्र बैठक गर्नुपर्ने अडानका बीच भदौभित्रै महासमितिको बैठक गर्ने निर्णय भएको हो।

महासमितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक पार्टीको विधान संशोधनलगायतका निर्णय गर्न सक्छ । विधानमा महाधिवेशन हुने वर्षबाहेक एक वर्षमा एकपटक महासमिति बैठक हुने उल्लेख छ । शेरबहादुर देउवा २६ महिनाअघि सभापति भएपछि पहिलोपटक महासमितिको बैठक बस्न लागेको हो।

पार्टीको अस्वभाविक पराजयपछि विधानविपरीतका संसदीय समिति, कार्यसम्पादन समिति, सभापतिको कार्यशैली जिम्मेवार भएको भन्दै नैतिक जिम्मेवारी लिन दबाब थियो । तर, निर्णयमा भने हारको प्रमुख कारण एमाले र माओवादी मिलेर निर्वाचन लड्नुलाई मानेको छ । हारको जिम्मा केन्द्रीय समितिले लिने निर्णय पनि गरेको छ।

बैठकले पार्टीलाई रचनात्मक बनाउन अभियानका कार्यक्रम पनि सार्वजनिक गरेको छ । संघीय संसद् र प्रदेश सभामा सशक्त एवं रचनात्मक प्रतिपक्षको भूमिका खेल्न, एकीकृत वार्षिक कार्यक्रमका आधारमा स्थानीय तहसम्म प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्न, सबै पहिचानका समुदाय, महिला र नयाँ पुस्ताबीच पार्टीलाई थप प्रभावकारी बनाउन, पार्टीका सबै तहको संरचना तथा भ्रातृ र शुभेच्छुक संस्थाका गतिविधिलाई ‘एकीकृत राष्ट्रिय जागरण अभियान’ अन्तर्गत सञ्चालन गर्न आवश्यक कार्ययोजना तथा कार्यक्रम निर्धारण गर्ने कांग्रेसको घोषणा छ । नयाँ पत्रिकामा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23041