केराबारी समाज हङकङ गठन

एचकेनेपाल डट कम संवाददाता –

हङकङ, २१ जुन । साविक केराबारी, याङशिला, पाटीगाउँ र सिंहदेवी गाविसलाई समेटिएको केराबारी गाउँपालिका मोरङबाट आइ हङकङ बस्नेहरुको भेलाले केराबारी समाज हङकङ गठन गरेको छ।

समितिको अध्यक्ष गणेश आले मगर, उपाध्यक्ष चन्द्र जबेगू, सचिव रविन लिम्बू, सहसचिव सन्तोष जबेगू, कोषाध्यक्ष युविन लिम्बू र सहकोषाध्यक्ष कमला तामाङ रहेका छन्।

गजेन्द्र भण्डारी, लोकमान लिम्बू, श्याम मगर, साइमन चेमजोङ, कला साम्पाङ, पविता लिम्बू, जेनिसा मगर, नीरबहादुर लिम्बू, विष्णु देवान, विशाल लिम्बू समितिका सदस्य रहेका छन्।

याक एण्ड यती रेष्टुरेण्टमा सम्पन्न भेलाले यहाँ रहेका गाउँवासी र गाउँपालिकाको विकासमा सेवा पुर्याउन आवश्यकता रहेको ठहर गरेपछि समाज गठन गरिएको अध्यक्ष मगरले बताएका छन्। उनका अनुसार भेलाले हस्बबहादुर लिवाङ, किसन राई र चिरञ्जीवी थेगिमलाई सल्लाहकार चयन गरेको छ।

फोटोः कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुः





Comments

comments

Leave a Reply

23704