ल्हासामा के गर्दै छन् प्रधानमन्त्री ?

बेइजिङ, ९ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार तिब्बत पुगेका छन् ।

प्रधानमन्त्री ओली बेइजिङबाट तिब्बत सरकार प्रमुख छी चालाको साथमा ल्हासा पुगेका हुन् । शुक्रबार दिउँसो २ बजेतिर ल्हासा पुगेका उनलाई स्वायत्त क्षेत्रका उपप्रमुख लिउ जियाङले ल्हासा विमानस्थलमा स्वागत गरेका थिए।

शुक्रबारै ओलीले ल्हासामा रहेका नेपालीसँग अन्तरक्रिया गरेका छन् । उनलाई इन्टरकन्टिनेन्टल होटेलमा सरकार प्रमुख छीले शिष्टाचार भेट गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ।

शनिबार तिब्बतमा के छ ओलीको कार्यक्रम ?

बिहान दुई धार्मिक स्थलमा घुमफिर
दिउँसो कृषि परियोजना हेर्ने
साँझ रात्रिभोजमा सहभागी भएर स्वदेश फर्कने ।





Comments

comments

Leave a Reply

23720